६० अर्ब कर छलीको मुद्दा आज सर्वाेच्चमा, एनसेलका पक्षमा फैसला गराउन गिरोह सक्रिय

काठमाडौं । सरकारलाई ६० अर्ब लाभांश कर छली गरेको मुद्दाले आज सर्वाेच्च अदालतबाट किनारा पाउँदैछ । लामो समयदेखि सर्वोच्च अदालतमा विचाराधीन एनसेल प्रकरणको मुद्दा आज फैसाल हुँदैछ ।

न्यायालय, राजनीतिज्ञ, अख्तियार र कर्मचारीतन्त्रसम्म पहुँच राखेको एनसेलले नेपाल सरकारलाई तिर्नु पर्ने ६० अर्ब लाशांश कर छ । कर तिर्न एनसेलले नमानेपछि र सरकारले असुल्न खोजेपछि यो मुद्दा अदालतमा पुगेको थियो । लामो समयको छलफल र बहसपछि विहीबार मुद्दाले किनारा पाउँदैछ ।

नेपाललाई कंगाल पार्ने गरी कर छली गर्ने एनसेलका पक्षमा प्रभावशाली कानुन ब्यवसायीहरुले वकालत गरेका छन् । सुशील पन्त, हरिहर दाहाल, शम्भु थापा, बद्रिबहादुर कार्की, तुलसी भट्टसहितका कर मामिलामा बहस गर्ने अब्बल वरिष्ठ अधिवक्ताहरू एनसेलको तर्फबाट बहस गरेका छन् । आजदेखि उनीहरुले एनसेलका पक्षमा वकालत गर्नेछन् ।

लाभांश करबारे संसदीय समितिदेखि कर निर्धारण आयोगसम्मले कराएको करायै भएपछि एनसेलले २३ अर्ब बुझाएको थियो । बाँकी रकम नर्तिन उसले अदालत र कालोकाटधारीलाई आफ्नो पक्षमा पारेको छ । एनसेलले मुद्दा नसकिउञ्जेल कतिपय कानुन ब्यवसायीलाई मासिक ५० हजारदेखि एक लाखसम्म दिने गरेको कानुन ब्यवसायीहरु नै बताउँछन् ।

६० अर्बको कर छली मुद्दाको फैसला एनसेलका पक्षमा गराउन बिचौलियाहरु सर्वाेच्च अदालततिर सक्रिय भएका छन् । प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको कार्यकाल सकिनुअघि नै यो मुद्दाको फैसाल गराउन उनीहरु सक्रिय भएका हुन् । बिचौलियाहरु एनसेलको पक्षमा फैसला गराउन करीब ३ अर्ब रुपैयाँ खर्च गर्ने ‘अफर’सहित अदालततिर टोपलिरहेका छन् ।

The post ६० अर्ब कर छलीको मुद्दा आज सर्वाेच्चमा, एनसेलका पक्षमा फैसला गराउन गिरोह सक्रिय appeared first on YesKathmandu.com.

Comments