दैलेख जिप दुर्घटना : मृत्यु हुनेको संख्या ५ पुग्यो

दैलेख । दैलेखमा जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ५ पुगेको छ ।

दुर्घटनामा दैलेखको ठाटीकाँध गाउँपालिका–३ का राजेन्द्र शाही र निर्मला बमको घटनास्थमा नै ज्यान गएको हो । यस्तै चालक रमेश शाही, रत्न शाही र दिलिप शाहीको उपचारका लागि लैजाँदै गर्दा बाटोमा ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका तीन जनाको उपचारका लागि सुर्खेत पठाइएको डीएसपी ठाकुर पोखरेलले जानकारी दिए ।

सुर्खेतबाट दैलेखको ठाटीकाँध गाउँपालिका–३ बहाँकोट बिसलाका लागि छुटेको भे १ च २२ ०७ नम्बरको जीप दैलेखको ठाटीकाँध गाउँपालिकामा दुर्घटनामा परेको हो ।

The post दैलेख जिप दुर्घटना : मृत्यु हुनेको संख्या ५ पुग्यो appeared first on YesKathmandu.com.

Comments