बारबर्दिया नगरपालिकालाई देशकै नमुना नगरपालिका बनाउँछु :  मेयर दुर्गा थारु

   दुर्गा थारु, मेयर, बारबर्दिया नगरपालिका       

जनयुद्ध सुरु हुँदा म विद्यार्थी संगठनमा थिएँ । जनयुद्ध सुरु भएको केहि समयमै गिरफ्तारमा परियो । त्यसकारण छोटो समयमै पढाइ छाड्नु पर्यो । त्यसपछि मेरो भूमिगत राजनीति शुरु भयो । त्यो समयदेखि आजसम्म पार्टी कै जिम्मेवारीमा रहेर काम गरेँ । लामो समय एरिया सेक्रेटरी भएर काम गरें । २०५८ देखि २०६८ सम्म जिल्ला सेक्रेटरी भएर काम गरें । प्रचण्ड प्रधानमन्त्री हुँदा भूमिसुधार आयोगको सदस्य र बाबुराम प्रधानमन्त्री हुँदा सुकुम्बासरी आयोगको सदस्य भएर काम गरें । अहिले बारबर्दिया नगरपालीको मेयर भएर काम गरिरहेको छु ।

जनयुद्धका घटनाहरु अझै ताजै छ । थुर्पै घटनाहरुलाई डायरीमा लेखेको पनि छु । यो नाफाको जिन्दगी हो । धेरै पटक दुस्मनको घेरामा परें । दुईपटक त गिरफ्तार भएँ । संकटकालको त्यो वेला, घेरा तोडेर भाग्दा, फाइरिङ भैरहदा अनि आफु भागिरहदाका क्षणहरु सम्झदा अनौठो लाग्छ । त्यतिबेला गोलि लागेको भए देश र जनताको लागि शहीद हुन्थें म । यो नाफाको जिन्दगी हो, फेरि पनि देश र जनताकै लागि सुम्पने भनेर जनताकै सेवामा छुँ ।

पहिलोपटक गिरफ्तार गर्दा आँखामा पट्टी बाँधेर हिरासतमा सात दिन राखेको थियो । कहाँ लगेर राखेको थियो भन्ने केहि थाहा थिएन । प्रहरीले दिएको यातना सम्झदा अर्कै फिल हुन्छ । रातभरी रक्सि खाएर प्रहरीले यातना दिन्थ्यो । मुखले प्रतिवाद गर्नुभन्दा अरु के नै गर्न सकिन्थ्यो र । त्यतिवेला दाईले पुनरावेदनमा मुद्दा गर्नुभएपछि साधारण तारिखमा छोडेको थियो । पछि अर्को मुद्दा लागेपछि म भूमिगत भएँ । पुनः मध्यावधि चुनाव चलिरहेको समयमा दोस्रो पटक गिरफ्तारमा परें । चार वर्ष जेल बसेर रिहा भइयो ।

मानखोला नजिकै लटंगा भन्ने गाउँ छ । म खजुराबाट बर्दियातर्फ साइकलमा गइरहेको थिएँ । विहानै गस्तीबाट फर्केको प्रहरीसँग जम्काभेट भयो । त्यहाँबाट म भागेर मान खोलामा हाम फालें । प्रहरीले माथिबाट फाइरिङ गरिरहेको थियो । म मानखोला तरिरहेको थिएं । म सुरक्षित खोला पारि आएं । खोला पारी बडिया गाउँ थियो । त्यहाँका जनताले चिनेकाले मलाई सुरक्षित ठाउँमा राखें । गोली लागेको भए अहिले मेयर हुन पाइदैन थियो भन्ने महसुस हुन्छ ।

म मेयर भएपछि बारबर्दिया नगरपालिकाको लागि केहि नमुना कामको सुरुवात गरेको छु । यो कान्छो नगरपालिका पनि हो । चारैतिर बबइ नदि र बर्दिया राष्ट्रिय निकुञ्जले घेरिएको छ । यो नगरको विकासका लागि मैले वडा र नगरलाई जोड्नेगरी सातओटा बाटो चारवर्षभित्र पुरागर्ने मास्टर प्लान बनाएको छु । त्यसको डिपिआर पनि गरेको छु । काठका पुलहरु विस्थापित गर्ने योजना बनाएको छु । आधारभूत शिक्षा अनिवार्य गरिएको छ । आधारभूत शिक्षा अनिवार्य गर्ने यो पहिलो नगरपालिका पनि हो । विद्यालय भर्ना हुने उमेर समूहका कोहि पनि विद्यार्थी विद्यालय बाहिर छैनन् । २२ जना असहाय र टुहुरा बच्चाहरुलाई असहाय केन्द्र स्थापना गरेर नगपालिकाले पुरै जिम्मा लिएर पालन-पोषण र पढाउने काम गरिरहेका छु र यो आधारभूत शिक्षा सुरक्षित नगरपालिका बनेको छ । म शिक्षा क्षेत्रमा अरु काम पनि गरिरहेको छु ।

आधारभूत शिक्षा अनिवार्य गर्ने यो पहिलो नगरपालिका पनि हो । विद्यालय भर्ना हुने उमेर समूहका कोहि पनि विद्यार्थी विद्यालय बाहिर छैनन् । २२ जना असहाय र टुहुरा बच्चाहरुलाई असहाय केन्द्र स्थापना गरेर नगपालिकाले पुरै जिम्मा लिएर पालन-पोषण र पढाउने काम गरिरहेका छु र यो आधारभूत शिक्षा सुरक्षित नगरपालिका बनेको छ । म शिक्षा क्षेत्रमा अरु काम पनि गरिरहेको छु ।

अहिले हामी बालबिकास केन्द्र र शिक्षाको गुणस्तर वृद्धिको अभियानमा लागिरहेका छौं । त्यसैगरी स्मार्ट कलेज बनाउने अभियान चलाइरहेका छौं । बारबर्दिया नगरमा धान खेती राम्रो हुने भएकाले यसको प्रसोधन केन्द्र पनि बनाएका छौं । हाम्रोमा पर्यटकीय क्षेत्र विकासका लागि षड्खोला सिमसार ताल छ । भ्यु टावर पनि निर्माण गर्दैछौं । त्यसलाई प्रवद्र्धन गर्ने र पर्यटकीय केन्द्रको रुपमा यो क्षेत्रलाई विकास गर्दैछौं । सबै नीति तथा कार्यक्रमहरु युवा स्वरोजगारलाई केन्द्रमा राखेर बनाएको छु । हाम्रो नगरपालिका सन्तुलित तरिकाले समृद्धिको बाटोमा अगाडि बढेको छ । सहिद विष्णु-धनी स्मृति बहुप्राविधिक कलेज निर्माणका लागि पनि शिक्षामन्त्रालयमा प्रक्रिया अगाडि बढिसकेको छ ।

बहुप्राविधिक कलेज भयो भने गरिब विद्यार्थीले प्राविधिक शिक्षा गाउँमै हासिल गर्ने र विश्व बजारमा रोजगार प्राप्त गर्न सक्छन् । तर यी सबै काम गर्न हामीसँग प्रयाप्त आयस्रोत नभएकाले जनतालाई मार नपर्ने गरी करको दायरा बढाएका छौं । व्यवस्थित गरेका छौं । कर छल्नेलाई कानुनको दायरामा ल्याएका छौं । थोपा-थोपा जम्मा गरेर समुन्द्र भनेजस्तै, माहुरीले विभन्न फुलहरुबाट रस संकलन गरेर मह जम्मा गरेजस्तै हामी पनि कर संकलन गरिरहेका छौं । भ्रष्टाचार कुनै जनप्रतिनिधिले गरेको खण्डमा कारबाहि हुने भनेर आचारसंहिता बनाएका छौं । सार्वजनिक सुनुवाइ मार्फत सबैको सहमतिमा बजेट विनियोजन गरेका छौं । मेयर र अध्यक्ष पारदर्शी हुने हो र पारदर्शी भएर काम गर्ने हो भने सबै तल ठिक हुन्छ । मुहान सफा भयो भने खोला सफा हुन्छ ।

The post बारबर्दिया नगरपालिकालाई देशकै नमुना नगरपालिका बनाउँछु :  मेयर दुर्गा थारु appeared first on YesKathmandu.com.

Comments