न्यायालयलाई मर्यादित बनाउनुपर्छ : महान्यायाधिवक्ता खरेल

विराटनगर । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले न्यायालयलाई मर्यादित बनाउने गरी काम गर्नुपर्ने बताएका छन्।

विराटनगरमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकारी वकिलको कार्यालयलाई विकृति, विसङ्गतिरहित एवं व्यावसायिक संस्थाका रुपमा अघि बढाउने कार्य शुरु गरिएको जानकारी दिए।

महान्यायाधिवक्ता खरेलले सरकारले काम गरेबापत राष्ट्रसेवक कर्मचारीलाई सेवा सुविधा दिएकाले अनियमितता र भ्रष्टाचार न्यूनीकरण गर्नुपर्नेमा जोड दिए।

उनले सरकारी सेवा सुविधा कम भयो भनेर गैरकानूनी काम गर्नेलाई कानूनअनुसार कारवाही हुने प्रष्ट पारे।

The post न्यायालयलाई मर्यादित बनाउनुपर्छ : महान्यायाधिवक्ता खरेल appeared first on YesKathmandu.com.

Comments