ए डिभिजन लिगः आज दुई खेल हुँदै, दोस्रो खेलमा मनाङ र शसस्त्र आम्ने साम्ने हुने

काठमाण्डौ । जारी शहीद स्मारक ए डिभिजन लिगमा चौथो चरण अन्तर्गत आज दुई खेल हुदैछन् । पहिलो खेलमा ब्रिगेड ब्वाईज युथ क्लब र सरस्वती युथ क्लबले प्रतिस्पर्धा गर्नेछन् । दोस्रो खेलमा मनाङ मस्र्याङ्दी क्लब र विभागीय टिम एपीएफ आमने सामने हुनेछन् ।

मंगलबार हुने दोस्रो खेलमा मैदान उत्रदै गर्दा मनाङको लक्ष्य लिगको शीर्ष स्थानमा उक्लिनु हुनेछ । कमजोर प्रर्दशन गरिरहेको एपीएफविरुद्व जित निकाल्दै तालिकामा अग्रता लिन मनाङलाई सुनौलो अवसर प्राप्त छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेल दिउँसो साढे २ बजे सुरु हुनेछ । लिगमा सतप्रतिशत जित निकाल्ने मनाङ एक्लो टोली हो । एपीएफले एक हार, एक बराबरी र एक जितको नतिजा निकालेको छ । चरणको खेलमा उपाधि दाबेदार थ्रीस्टार क्लबलाई पराजित गरेको मनाङले त्यसअघि एनआरटी र ब्रिगेड ब्वाईजलाई पराजित गरेको थियो ।

एपीएफले पहिलो खेलमा हिमालयन शर्पासँग गोल रहित बराबरी खेलको थियो । दोस्रो खेलमा फ्रेन्ड्सविरुद्व जित निकालेको उसले तेस्रो खेलमा ब्रिगेड ब्वाईजसंग पराजित हुन पुगेको थियो ।

सुजल श्रेष्ठ र प्रकाश बुढाथोकीलाई चोटले पिरोलेको मनाङलाई बेन्चको खेलाडीले बलियो साथ दिएका छन् । बेन्चमा रहेका डोना थापा, विमल राना मगर, दिपक राईले प्रर्दशनले मनाङलाई थप बलियो बनाएको छ । दोहोरो पहेँलो कार्डका कारण थ्री स्टारविरुद्वको खेलमा निलम्बनमा रहेका ओलावाले आफिज एपिएफविरुद्ध मैदान उत्रनेछन् । मनाङ ३ खेलबाट ९ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा छ । एपीएफ ४ अंक सहित आठौ स्थानमा छ ।

The post ए डिभिजन लिगः आज दुई खेल हुँदै, दोस्रो खेलमा मनाङ र शसस्त्र आम्ने साम्ने हुने appeared first on YesKathmandu.com.

Comments