नेपाल आइडलको टप ५ मा पुग्न बिहिवार रविले प्रतिस्पर्धा गर्दै, भोट गरिदिन सबैलाई अपिल

काठमाडौं  ।  जारी  ‘नेपाल आइडल सिजन- २’ अन्तर्गत ‘टप ५’ मा पुग्न बाँकी ६ प्रतिस्पर्धीले  भाेली बिहिवार  ‘राष्ट्रिय गीत’ गाउने भएका छन् ।

गएका अंकहरुमा  ‘लोक दोहोरी’, ‘पप गीत’ अाधुिनक, देउडा लगाएतका मौलिक गीत गाइसकेका प्रतिस्पर्धीले बिहीबार भने ‘राष्ट्रिय गीत’ गाउने भएका हुन् ।  नेपाल आइडलले सार्वजनिक गरेको यो हप्ताको ‘प्रोमो’ ले यसको पुष्टि गरेको छ । ‘प्रोमो’ मा ६ जना प्रतिस्पर्धीले नै नेपालको पहिचान झल्काउने पोसाक लगाएर गित गाएका छन् ।

यस्तै, आइडलले सावर्जिनक गरेकाे प्राेमाेमा भनेको छ ‘बिहीबार राष्ट्रियता जगमगाउने एक विषेश एपिसोड रहने छ ।’  आइडलमा रहेका ६ जनाले अा-आफ्नो सुमधुर आवाजमा फरकफरक गितहरु  गाएका छन् ।  उनीहरुका आवाजको सर्वत्र चर्चा भइरहेको छ । मिठो आवाजले नै प्रतिस्पर्धी आइडलको ‘टप ६’ मा पुग्न सफल भएका हुन् ।

सबैको आवाज उत्कृष्ट छ यद्यपि एकजना प्रतिस्पर्धीले शुक्रबार नेपाल आइडलको मञ्च छोड्नै पर्छ । त्यसैले शुक्रवार भोटिङका आधारमा एकजना बाहिरिदैं आइडलमा ५ जना मात्र बाँकी रहने छन् । ‘उत्कष्ट ५’ मा पुग्नका लागि ६ जना प्रतिस्पर्धीले ‘दमदार’ प्रस्तुती दिने योजना बनाएका छन् ।

यसैक्रममा  सुदूरपश्चिमबाट ‘नेपाल आइडल’ मा बाँकी रहेका रवि ओडलेले बिहीबार उत्कृष्ट प्रस्तुति दिने तयारीका साथ बसिरहेका छन् । अहिलेसम्म ‘खतराको सूची’ मा नपरेका रविले यो अंकमा पनि दमदार प्रस्तुति दिदैं आइडलको आगामी यात्रा सजिलै सुरक्षित गर्ने योजना बनाएका छन् ।

रविले पनि अन्य प्रतिस्पर्धी जस्तै बिहीबार राष्ट्रिय भावनाले ओतप्रोत भएका गीत गाउने छन् । उनले बिहिवार  स्वर सम्राट नारायण गोपालको अावाजमा रहेकाे  ‘विरताको चिनो’ बोलको राष्ट्रिय गीत गाउने छन् । विगतमा उत्कृष्ट प्रस्तुती दिदैं स्रोता-दर्शकको मन जित्न सफल उनले बिहीबार पनि त्यही लय दोहोर्याउने आँकलन गरिएको छ ।

रविले अागामि अंकहरुमा भन्दा  याे साता अाफु दमदार प्रस्तुति  दिने याेजनामा रहेकाे भन्दै सबैलार्इ भाेट गरी  टप ५ मा पुर्यार्इदिन अाग्रह गरेका छन् ।

यस्तै यो साताको बिहीबार चर्चित हास्यकलाकार एवं समाजसेवी सिताराम कट्टेल ‘धुर्मसु’ र कुञ्जना घिमिरे ‘सुन्तली’ प्रमुख अतिथि रहने भएका छन् ।

The post नेपाल आइडलको टप ५ मा पुग्न बिहिवार रविले प्रतिस्पर्धा गर्दै, भोट गरिदिन सबैलाई अपिल appeared first on YesKathmandu.com.

Comments