आगोले डढेर तीन वर्षीया बालिकाको मृत्यु

उर्लाबारी । मोरङको बेलवारी नगरपालिका–७ बाहुनीमा विहिवार आगोले डढेर तीन वर्षीया बालिकाको मृत्यु भएको छ ।

बुधबार साँझ नवलकिशोर चौधरीको तीन वर्षीया छोरी निकिता चौधरी खेल्ने क्रममा घरमा बालेको कुपी बत्तीबाट आगो सल्किँदा गम्भीर घाइते भएकी थिइन् ।

घाइते बालिकालाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा शुक्रवार बिहान मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलवारीका प्रहरी निरीक्षक रामकुमार राईले जानकारी दिए ।

The post आगोले डढेर तीन वर्षीया बालिकाको मृत्यु appeared first on YesKathmandu.com.

Comments