गोंगबुमा अपहरणपछि बालकको हत्या, झोलामा शव भेटियाे

 

काठमाडौँ । काठमाडौको गंगबुमा बालकको अपहरण पछि हत्या गरिएको छ । दुईदिन अघि बेपत्ता भएका ८ वर्षीया बालक प्रयास कुवरको अपहरणपछि हत्या गरिएको प्रहरीले जनाएको छ ।

हत्या गरिएका बाकालको शव म्हेपीमा भेटिएको महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले जानकारी दिए।

बेपत्ता भएका बालकको बिहीबार झोलामा पोको पारेको अवस्थामा शव भेटिएको थियो । अहिले उनको शवलाई पोष्टमार्टमका लागि लैजाने तयारी गरिएको छ । प्रहरीले घटनामा संलग्न भएको आरोपमा स्याङ्जाका महेन्द्र सार्कीलाई पक्राउ गरेको छ । घटनाको थप अनुसन्धा गरिरहेको प्रहरीले बताएको छ ।

हत्या गरिएका बालक प्रयास टाउन प्लानिङको वेलमेन्ट इन्टरनेश्नल स्कुलमा कक्षा १ मा अध्ययनरत् थिए ।

The post  गोंगबुमा अपहरणपछि बालकको हत्या, झोलामा शव भेटियाे appeared first on YesKathmandu.com.

Comments