देउवा र कोइरालाले आ-आफ्नै निवासमा मध्यरातसम्म चलाए गुट भेला

काठमाडौं । जिल्ला सभापतिहरुको भेलालाई लक्षित गरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्री शशांक कोइरालाले छुट्टा छुट्टै गुट भेला गरेका छन् ।

सभापति देउवाले आफु निकटका नेताहरुलाई आफ्नै निवास बुढानीलकण्ठमा बोलाएर बैठक गरेका हुन् भने महामन्त्री कोइरालाले पनि आफ्नै निवास टोखामा गुट भेला गरे ।

कांग्रेस जिल्ला सभापतिहरुको भेला नुवाकोटको ककनीमा सुरु भएको छ । भेलामा आफ्नो प्रभुत्व प्रभावकारी बनाउन र विधान संशोधनमा सभापतिहरुलाई आफ्नो पक्षमा पार्न दुवै समुह सक्रिय बनेको छ । देउवा र कोइराला आफ्नो गुट सक्रिय बनाउन लागि परेका छन् ।

मंगलबार पनि महामन्त्री कोइरालाको निवासमा गुट भेला भएको थियो । भेलामा कोइराला निकटका धेरै केन्द्रीय सदस्यहरु सहभागि भएका थिए । कोइरालाले गुट भेला गरेलगतै देउवाले पनि आफ्नै निवासमा गुट भेला बोलाएका हुन् ।

The post देउवा र कोइरालाले आ-आफ्नै निवासमा मध्यरातसम्म चलाए गुट भेला appeared first on YesKathmandu.com.

Comments