काठमाडौं । नेपाल प्रहरीले समुदाय – प्रहरी साझेदारी अभियान सुरु गरेको छ। आइतबार भृकुटी मण्डपमा औपचारिक कार्यक्रमगरी प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले शान्तिपूर्ण एवं सुरक्षित समाजका लागि समुदाय प्रहरी साझेदारी अभियान अपरिहार्य भएको भन्दै अभियान सुरु गरेको बताए। समाजमा विभिन्न खाले अपराधका घटना बढेको भन्दै अपराध नियन्त्रणमा प्रहरीले मात्रै त्यसको नियन्त्रण गर्न नसकिने भन्दै हरेक समुदायको साथसहयोग जरुरी रहेको खनालको भनाइ छ।
चार महिनादेखिको नियमित गृहकार्यबाट यो अभियानले आइतबार पुर्णता पाएको खनालले बताए। समुदाय साझेदारी प्रहरी अभियानको उद्घाटन गर्दै गृहमन्त्री रामबहादुर थापाले सम्वृद्ध नेपाल सुखी नेपाली अभियानलाई प्रहरीको यो अभियानले ठूलो सहयोग गर्ने बताए। देशमा शान्ति अमन चयन विना नेपाली सुखी रहन नसक्के भन्दै समुदाय प्रहरी साझेदारी अभियानलाई सहयोग गर्न समेत नागरिकलाई थापाले अपील गरेका थिए।
अभियान उद्घाटनमा गृहमन्त्री थापा, गृह सचिव प्रेमकुमार राई, काठमाडौं महानगरपालिका मेयर विद्यासुन्दर शाक्य लगायतले एक्यवद्धता जनाएका छन्। यस अघि पनि नेपाल प्रहरीले प्रहरी मेरो साथी, मुस्कान सहितको प्रहरी सेवा नामक अभियान गरेको थियो।
Comments
Post a Comment