इंग्लिस प्रिमियर लिगः टोटनह्यामलाई हराउँदै सिटी शीर्ष स्थानमा

काठमाण्डौ । इंग्लिस प्रिमियर लिगमा साविकको बिजेते म्यान्चेष्टर सिटी टोटेनह्याम हट्सपरलाई अराउँदै पुनःलिगको शीर्ष स्थानमा उक्लिएको छ ।  टोटनहमको घरेलु मैदान वेम्वलीमा गएराति भएको खेलमा सिटीले टोटनह्यामलाई १–० गोल अन्तरले पाखा लगाउँदै स्पष्ट ३ अंक जोडेको हो । निक्कै प्रतिश्पर्धात्मक रहेको खेलमा पेप ग्वार्डिवालाको सिटीको जितमा रियाद महरेजको गोल नै निर्णायक बनेको थियो ।

पहिलो हाफको छैठौं मिनेट मै सिटीका लागि रियादले गोल गरेका थिए । पटक पटक गोल गर्ने अबसर सिर्जना गरे पनि सिटीको प्रयासलाई टोटनह्यामका गोलरक्षकले विफल पारेका थिए । यो जितसंगै १० खेलबाट २६ अंक जोडेर सिटी लिगको शीर्ष स्थानमा उक्लिएको छ । समान खेलबाट समान अंक जोडेको लिभरपुल गोलअन्तरको आधारमा दोस्रो स्थानमा रहेको छ भने १० खेलबाट २१ अंक जोडेको टोटेनह्याम ५ औँ स्थानमा रहेको छ ।

Comments