तिहारलाई लक्षित गरी सीमा नाकामा सुरक्षा कडाइ

बैतडी ।  जिल्ला प्रहरी कार्यालय बैतडीले तिहारलाई लक्षित गरेर सीमा नाकामा सुरक्षा व्यवस्था कडा पारेको छ।

तिहारका बेला हुन सक्ने दुर्घटनालाई मध्यनजर राख्दै सीमा नाका लगायत जिल्लाका विभिन्न स्थानमा चेकजाँचमा कडाइ गरेको प्रहरीले जनाएको छ। सीमानाकाबाट पटाकाजस्ता प्रज्वनलशील वस्तु भित्रिन सक्ने भन्दै प्रहरीले कडा निगरानी गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीले जानकारी दिए।

प्रहरीले भारतबाट पटाका जस्ता प्रज्वलनशील वस्तु ल्याउन रोक लगाएको प्रहरीले जनाएको छ। जिल्लाको झुलाघाट नाकालगायत नाकाहरुमा प्रहरीले निगरानी गरिरहेको छ। पटाका पड्काउने, बिक्री तथा ओसार पसार गर्नेलाई कारवाहीको दायरामा ल्याइने  जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

यस्तै, जुवातास खेल्ने कार्य पनि निषेध गरिएको छ।

Comments