काठमाण्डौ । आज हुने बार्सिलोना र रियल मड्रिडबीचको प्रतिस्पर्धामा लियोनल मेस्सी र क्रिष्टियानो रोनाल्डोलाई देख्न पाइने छैन । चोटका कारण मेस्सी खेल्न नसक्ने अवस्थामा छन भने रोनाल्डो स्पेनिस लिग छाडेर अन्तै गइसकेका छन । एक दशक विश्व फुटबल दुई खेलाडीको वरिपरी घुम्यो । लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो । आजको खेलमा दुवै खेलाडीले मैदानमा देखाउने खेल कौशल हेर्न पाइने छैन । दुई खेलाडीबीचको उत्कृष्टताको होडले विश्व फुटबलका प्रशंसकहरु दुई धारमा विभाजित भए । तर्क गरे, आरोप प्रत्यारोपमा उत्रिए । तर दुई खेलाडीको चर्चा र सफलता भने कहिल्यै कम भएन । दुवैले एक पछि अर्को गर्दै आफुलाई प्रमाणित गरे । क्लब र व्यक्तिगत जिन्दगीमा धेरै उपाधि जिते । करिब ११ बर्षपछि एल क्लासिमा लियोनल मेस्सी र रोनाल्डो देखिने छैनन् । सन् २००७ को डिसेम्बरपछि पहिलो पटक एल क्लासिको मेस्सी र रोनाल्डोबिनाको हुनेछ । क्याप नेउमा हुने खेल नेपाली समय अनुसार राति ९ बजे सुरु हुनेछ ।
Comments
Post a Comment