रियलकाे पाेष्टमा बार्साकाे गाेल वर्षा, लुईस स्वारेजकाे ह्याट्रिक

काठमाण्डाै । मेस्सी र राेनाल्डाे बिनाकाे एल क्लासिकोमा बार्सिलोनाले रियल मड्रिडलाई स्तब्ध पारेको छ । बार्साको घरेलु मैदान क्याप नेउमा भएको खेलमा बार्सिलोनाले रियललाई ५–१ गोल अन्तरले पाखा लगाएकाे हाे । लियोनल मेस्सीको अनुपस्थितीलाई बिर्साउँदै बार्साका लागि लुईस स्वारेजले ह्याट्रिक गरे । ३० औ मिनेटमा पेनाल्टीमा गोल गरेका स्वारेजले ७५ औ मिनेटमा हेडमार्फत उत्कृष्ट गोल गरे । ८३ औ मिनेटमा उनले ह्याट्रिक पुरा गरेका थिए ।

खेलमा अग्रता बार्सिलोनाले ११ औ मिनेटमा फिलिप काउटिन्होको गोलबाट लिएको थियो । खेल सकिन ३ मिनेट बाँकी छदाँ बार्साका भिडालले एक गोल गरेका थिए । रियलकोतर्फबाट मार्सेलोले ५० औ मिनेटमा एक गोल फर्काए ।

सन् २००७ पछि मेस्सी र रोनाल्डोबिना खेलिएको पहिलो एल क्लासिकोमा बार्सिलोना पूर्णत हाबि रह्यो । खेल अवधिभर रियलको पोस्टमा दर्जनौ प्रहार गरेको थियो । जितपछि बार्सिलोनाले १० खेलबाट २१ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । रियल १४ अंक सहित तालिकाको ९ औ स्थानमा रहेकाे छ ।

 

Comments