सुरक्षा समन्वय सम्वन्धी कार्यक्रमका भागलिन महानिरीक्षक खनाल कतारमा

काठमाण्डौ । कतारमा हुने सुरक्षा समन्वय सम्बन्धी कार्यक्रममा सहभागी हुन प्रहरी महानिरीक्षक आइजीपी सर्वेन्द्र खनाल त्यसतर्फ गएका छन । दुई पक्षबीच हुने सुरक्षा समन्वय सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गर्न खनाल त्यसतर्फ गएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । आतंकवाद र आतंककारी क्रियाकलापमा वित्तीय लगानी, अन्तरदेशीय अपराध, लागू औषधको अवैध कारोबार, अवैध हातहतियार तथा विष्फोटक पदार्थको ओसारपसार, विद्युतीय अपराध, मानव बेचबिखन, वित्तिय अपराध तथा अन्य अन्तर्राष्ट्रिय अपराध नियन्त्रणमा समन्वय गर्न दुई पक्षबीच सम्झौता हुने खनालको सचिवालयले जनाएको छ । आईजीपी खनालले एआईजी पुष्कर कार्कीलाई निमित्त प्रहरी महानिरीक्षकको जिम्मेवारी दिएका छन ।

Comments