शरद गौचन हत्या प्रकरण : मुख्य सुटरसहित ३ जना सार्वजनिक

काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न तीनजालाई प्रहरीले पक्राउ पछि सार्वजनिक गरेको छ । महानगरीय अपराध महाशाखाबाट खटिएका प्रहरीले लोप्साङ लामा, रोशन बुढाथोकी र अमरबहादुर रानालाई पक्राउ गरेको हो । पक्राउ परेका अम्बरबहादुर राना मगरले मुख्य सुटरको काम गरेका थिए ।

उनीहरुको साथबाट नेपाली र भारतीय नम्बरको सिम, मोबाइल र इन्टरनेट चलाउन प्रयोग गरिने डंगोल बरामद गरिएको थियो।

प्रहरीले उनीहरुलाई कहाँबाट पक्राउ गरिएको खुलाएको छैन। सोमबार अपरान्ह ४ बजे पत्रकार सम्मेलन गरेर विस्तृतमा बताइने प्रहरी स्रोतले जनाइएको छ। प्रहरीका अनुसार पक्राउ परेका तीनजना मध्ये एकले गौचनलाई गोली प्रहार गरेका थिए।

गौचनको राजधानीको व्यस्त बानेश्वरको खरिबोटमा २०७४ साल आश्विन २३ गते गौचनको हत्या भएको हो। बा १३ च ४९४८ नम्बरको ल्याण्ड क्रुजर गाडी चढेर घरबाट निस्केको केहीबेरमा उनी माथि गोली प्रहार गरिएको थियो।

गौचनको मुटु, कलेजो र पेटमा एकरएक वटा गोली लागेको थियो।

Comments