पीपीएलः काठमाडौंको लगातार दोस्रो जित, विराटनगरको तेस्रो हार

पोखरा ।  काठमाडौं रोयल्सलाई नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ ।

लिग अन्तर्गत सोमबार भएको पहिलो खेलमा सन्दीप लामिछानेको विराटनगर टाइटन्सलाई ५ विकेटले पराजित गर्दै काठमाडौंले लगातार दोस्रो जित निकालेको हो । विराटनगरले दिएको १ सय ५० रनको लक्ष्य काठमाडौंले अन्तिम ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । काठमाडौंको जितमा भारतीय खेलाडी गौरव तमोरले ६६ रनको अर्धशतकीय इनिङ्स खेले । ३९ बलमा अर्धशतक पुरा गरेका गौरवले ४६ बलमा ६ चौका र ३ छक्का प्रहार गरे ।

ओपनर अमित श्रेष्ठले ३५ रन जोडे । उनीहरुले दोस्रो विकेटको लागि ६२ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए । कप्तान ज्ञानेन्द्र मल्ल १७ रनमा आउट भए । नरेश बुढाएर गोल्डेन डगआउट भए । पृथ बाँस्कोटा रनमा नटआउट रहे । अमरसिंह राउटेला रनमा नटआउट रहे । विराटनगरका शाहव आलमले २ विकेट लिए । सन्दीप लामिछाने, किशोर महतो र जितेन्द्र मुखियाले समान १ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले राम्रो शुरुवात गर्दै निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४९ रन बनाएको थियो । विराटनगरका लागि ओपनर ब्याट्सम्यान सुनिल धमला र मोहम्मद जायदले पहिलो विकेटको लागि ६५ रनको साझेदारी गरेका थिए । पहिलो विकेटको रुपमा सुनिल धमला ३० रनमा आउट भए । मोहम्मद जायद ६७ रनमा आउट भए । ४७ बलमा जायदले ७ चौका र ४ छक्का हिर्काए । राजेश पुलामी मगरले ३० रनको योगदान दिए ।

एन्टन एन्ड्रियु ४ रनमा पभेलियन फर्किए । प्रदिप ऐरी ८ रनमा आउट भए । पुष्प थापा १ रनमा आउट भए । काठमाडौंका सुसन भारी र गौरव तमोरले समान २ विकेट लिए । वसन्त रेग्मीले पनि २ विकेट हात पारे ।

Comments