पोखराको दोस्रो जित, पारसको चितवनको लगातार दोस्रो हार

पोखरा । पोखरा पल्टनले नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) मा दोस्रो जित दर्ता गरेको छ । चितवन राइनोजले प्रस्तुत गरेको १ सय ४१ रनको लक्ष्य पोखराले ५ विकेट गुमाउँदै १८ औं ओभरमा पूरा गरेको हो ।

पोखराले पारस खड्काको कप्तानीमा रहेको चितवन राइनोजलाई ५ विकेटले पराजित गर्दै लिगमा दोस्रो जित निकालेको हो । चितवनको भने यो लगातार दोस्रो हार हो । चितवन यसअघि पहिलो खेलमा बुटवल ब्लास्टर्ससँग पराजित भएको थियो । चितवनले दिएको १ सय ४१ रनको लक्ष्य पछ्याएको घरेलु टोली पोखरा पल्टनले ४ विकेट गुमाएर रन बनायो ।

खराब शुरुवात गरेको पोखराका लागि तेस्रो विकेटको लागि रवि इन्दर सिंह र रोहितले तेस्रो विकेटको लागि ७८ रनको साझेदारी गर्दै इनिङ्स उकासेका थिए । दुवै ओपनर आसिफ शेख र कुशल भुर्तेल टोलीको रन शुन्य छंदा पेभेलियन फर्किसकेका थिए ।

रवि इन्दर सिंह ६५ रनमा आउट भए । उनले ४८ बलमा ८ चौका र ३ छक्का प्रहार गरे । कप्तान शरद भेषवाकर ३७ रनमा आउट भए । उनले २० बलमा ३ चौका र ३ छक्का जोडे । रोहित पौडेलले १७ रन जोडे । चितवनका लागि करण केसीले ३ विकेट लिए भने सन्नी पटेल र शक्ति गौचनले १(१ विकेट हात पारे ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारि २० ओभरमा ५ विकेट गुमाएर १ सय ४० रन बनायो । मध्यम शुरुवात गरेको चितवनका लागि कप्तान पारस खड्काले ४४ रनको आक्रमक इनिङ्स खेले । ३२ बल खेलेका पारसले ३ छक्का र ३ चौका प्रहार गरे । सन्नी पटेलले २७ बलमा ३ चौका र ३ छक्कासहित ४६ रन बनाए । पारस र सन्नी पटेलले चौथो विकेटको लागि ५३ रनको साझेदारी गरेका थिए । समित पटेल रनमा अविजित रहे ।

सोनु तामाङले २१ रन जोडे । ओपनर अनिल कुमार साह १६ रनमा पेभेलियन फर्किए । हरिशंकर शाह ३ रनमा आउट भए । करण केसी शुन्यमा आउट भए । पोखराका विक्रम भुषालले २ विकेट लिए । मेहबुव आलम, मोहम्मद नाभिद, शरद भेषवाकरले समान १ विकेट लिए ।

प्रतियोगितामा भोलि मंगलबार कुनै खेल हुने छैन ।

Comments