काठमाण्डाै काभ्रेकाे मण्डन देउपुर नगरपालिका–६ ढकालथोकमा आज दिउँसो जीप दुर्घटना हुँदा पत्रकार जीवन पराजुलीसहित दुईजनाको घटनास्थलमै र डिआइजी सुशील भण्डारीको उपचारको क्रममा मृत्यु भएको छ। सोही दुर्घटनामा परी अन्य तीन जना घाइते भएका छन्।
हेलम्बु राजमार्ग अन्तर्गत ढकालथोकमा बा ३ च २८७ नं को ल्याण्डक्रुजर जीप सडकबाट पाँचसय मिटर तल खस्दा नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक सुशील भण्डारी, धुलिखेलस्थित रेडियो गौरवका स्टेशन मेनेजर मण्डन देउपुर नपा–४ का २५ वर्षीय जीवन पराजुली र नमोबुद्ध नपा–१० का ४४ वर्षीय विनोद कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी उपरीक्षक रविराज खड्काले जानकारी दिए।
डिआइजी भन्डारी हेड्क्वाटरको अन्वेषण शाखामा कार्यरत थिए। उनी आइजिपी सर्बेन्द्र खनालका ब्याची हुन्। दुर्घटनामा पनौतीका प्रदीप बोगटी, धनराज पुरी र विनोद गौतम घाइते भएका छन्। घाइतेलाई धुुलिखेल अस्पतालमा उपचार गराइएको प्रहरीले जनाएको छ।
Comments
Post a Comment