श्वासप्रश्वासमा समस्या देखिएपछि प्रधानमन्त्री ओली अस्पताल भर्ना

काठमाण्डौ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा थप समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ । शुक्रबारदेखि नै रुघाखोकीले ग्रस्त प्रधानमन्त्री ओलीलाई थप समस्या देखिएपछि सोमबार बिहान साढे २ बजेतिर नै महाराजगन्जस्थित मनमोहन कार्डियोभास्कुलर सेन्टरको आइसियूमा भर्ना गरिएको हो ।
अस्पतालका डा अरुण सायमीका अनुसार प्रधानमन्त्रीको श्वासप्रश्वास गम्भीर समस्या देखिएको छ । स्वास्थ्यमा आएको समस्याकै कारण शनिबार आयोजित नेकपाको चियापान कार्यक्रममा समेत आोली गएका थिएनन् । संक्रमण बढ्ने सम्भावना भएपछि निजी चिकित्सकको सुझावमा उनी प्रधानमन्त्री निवासमै आराममा रहेका थिए । आइतबार नियमित काममा फर्किएका प्रधानमन्त्री ओलीको साँझ स्वासप्रश्वासमा समस्या देखिएको सचिवालयले जानकारी दिएको छ ।

Comments