काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले दीपावली र छठपर्वलाई मध्येनजर गर्दै सार्वजनिक आव्हान गरेको छ ।
पर्वहरुलाई मर्यादित र अनुशासित बनाउन भन्दै प्रशासनले राति १० बजेपछि देउसीभैलो नखेल्न सार्वजनिक आव्हान गरेको छ ।
दीपावलीको समयमा मदिरा र मदिराजन्य वस्तुको विक्री वितरण राति ९ बजे नै बन्द गर्न प्रशासनले निर्देशन गरेको छ ।
यस्तै, लोकमार्गका लाइन होटल बाहेक अन्य होटल र रात्री मनोरञ्जन व्यवसायहरु राति १० बजेसम्म बन्द गरिसक्न आव्हान गरिएको छ ।
कुनै पनि आतिसबाजी, पटका, भुईचम्पा लगायतका विस्फोटक पदार्थ उत्पादन, भण्डारण, बिक्री वितरण र पैठारी नगर्न प्रशासनले सचेत गराएको छ ।
प्रशासनले गरेको सार्वजनिक आव्हानमा स्वीकृति विना चिट्ठा, उपहारलगायत कार्यक्रम संचालन नगर्न, मेलारमहोत्सवरप्रदर्शनी आयोजना गर्दा पूर्व स्वीकृति लिइ सर्त पूरा गरी सञ्चालन गर्नुपर्ने, व्यवसायीहरुले अनिवार्यरुपमा मूल्य सूची राख्नुपर्ने, जुवातास, कौडा, सट्टेवाजीलगायत जुवाजन्य खेल नखेलाउन भनिएको छ ।
यो समयमा शान्ति सुरक्षा कायम गर्नका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको पहुँच विस्तार गरिने प्रशासनले बताएको छ ।

Comments
Post a Comment