प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य, दिउँसो मन्त्रीपरिषदको बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको उनको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य नै रहेकाले आइतबार दिउँसो मन्त्रीपरिषदको बैठक बस्न लागेको उनका प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिए ।

उनका अनुसार प्रधानमन्त्री ओलीलाई सामान्य रुघाखोकी मात्र लागेको हो । आफ्नै पार्टीले शनिबार आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री सहभागी नभएपछि उहाँको स्वास्थ्य अवस्थाबारे चासो बढेको छ ।

तर मृगौला पत्यारोपण गरेका कारण सामान्य रुघाखोकी लागेका बेला पनि भिडभाडमा निस्कनु स्वास्थ्यको लागि हानिकारक हुनसक्नै भन्दै शनिबारको कार्यक्रममा प्रधानमन्त्री ओली सहभागी नभएको अर्यालले दाबी गरे । चिकित्सकले उनलाई आराम गर्न सल्लाह दिएको सल्लाहकार अर्यालले बताए ।

Comments