काठमाण्डौ । बिरामी परेर पार्टीले आयोजना गरेको चियापान कार्यक्रममा समेत उपस्थित हुन नसकेका प्रधानमन्त्री केपी शर्मा ओली आजबाट नियमित काममा फर्कने भएका छन । रुघाखोकी, भाइरल ज्वरोले बिरामी भएका ओली शनिवार चियापान कार्यक्रममा उपस्थित हुन सकेनन । निजी चिकित्सकको सल्लाहमा शनिबार प्रधानमन्त्री ओलीले दिउँसभर बालुवाटारमै बसेर आराम गरेका थिए । प्रधानमन्त्री ओलीको सचिवालयले दिएको जानकारी अनुसार आज बस्ने मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री उपस्थित भएर नियमित काममा सक्रिय हुनेछन ।
Comments
Post a Comment