यू-१९ एसिया कप क्रिकेट : भारतले नपाललाई १७१ रनले हरायो

काठमाण्डौ। यू-१९ एसिया कप क्रिकेटमा भारतद्वारा नेपाल १७१ रनले पराजित भएकाे छ । शनिबार भएको खेलमा  भारतले नेपाललाई १७१ रनको फराकिलो अन्तरले हराएको हो । भारतले दिएको ३०५ रनको लक्ष्य पछ्याएको नेपालले ३६.५ ओभरमा सबै विकेट गुमाएर १३३ रन मात्र बनाउन सक्यो । कप्तान आसिफ शेखले २५, रोहितकुमार पौडेलले २४ र सन्दिप जोराले २० रन बनाए भने ७ ब्याट्सम्यनले दोहोरो अंक नै जोड्न सकेनन् ।

 

Comments