कार्यबाहक अध्यक्ष तपाँइ नै हो, दुबै अध्यक्ष बाहिर हुनुहुन्छ तपाँले बोलाउनु भएर म आँएः बामदेव गौतम

काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता एवंम पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले शुक्रबार काठमाडौंमा दशै, दिपावली, छठ लगायतका पर्वको अवसरमा पार्टीका स्थायी समिति सदस्यहरुलाई बोलाएर आयोजना गरेको चिया भेला कार्यक्रममा बोल्दै नेता गौतमले कार्यवाहक अध्यक्ष नेपाल नै भएको बताए थिए ।

‘पार्टीका दुबै अध्यक्ष कामरेड नभएका बेला केही पर्यो भने नेतृत्व गर्ने पार्टीको नेता तपाई नै हो, तपाईले बोलाएको हुनाले म यहाँ आए’ गौतमले भने, ‘अरुले बोलाएको भए म आउँने थिईन्, तपाईले बोलाएर ठिकै गर्नुभयो ।’ बामदेवको अभिव्यक्ति भेलामा उपस्थित एक स्थायी समिति सदस्यले जानकारी गराए ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुनका लागि अमेरिकामा छन् । अर्का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल पत्नी सीता दाहालको उपचारका लागि सिंगापुरमा छन् । यो समयमा वरिष्ठ नेता नेपालले स्थायी समितिका सदस्यहरुको भेला गर्नुलाई राजनीतिक वृतमा अर्थपूर्ण रुपमा हेरिनु अस्वभाविक होइन ।

दुबै अध्यक्ष देशमा नभएको बेला पार्टीको कार्यवाहक अध्यक्ष स्वतः वरिष्ठ नेता नेपाल हुने गौतमले स्पष्ट गरेका छन् । यसअघि पनि दुबै अध्यक्ष देश बाहिर रहेका बेला नेकपाको कार्यबाहक अध्यक्षको जिम्मेवारी नेपालले पाएका थिए । उता सचिवालयको निर्णय प्रकृयामा असन्तुष्टि राख्दै आएका अर्का नेता नारायणकाजी श्रेष्ठले पार्टीलाई सशक्त र एकजुट बनाउने हो भने कमिटीगत प्रणालीमा गएर निर्णय गर्नु पर्छ,हामीले गर्न खोजेको अभ्यासले पार्टीलाई बलियो बनाउँदैन भनाइ र गराइमा एकरुपता भएन भन्ने विचार राखेका थिए ।

उर्जामन्त्री समेत रहेका नेता वर्षामान पुन समेत सचिवालयको निर्णयमा सन्तुष्ट नरहेको पाइयो सहभागि एक नेताको भनाइ थियो । महत्वपूर्ण निर्णय गर्दा पारदर्शि हुनुपर्ने उनको भनाइ रह्यो । अहिले दुबै अध्यक्ष देश बाहिर रहेको र लिखित रुपमा कार्यबाहक नतोकिएकाले कतिपय नेताले पार्टीको काम सचिवालयले हेर्ने बताउँदै आएका छन् । आफैले आयोजना गरेको चियापान कार्यक्रमलाई संक्षिप्त सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले पार्टी सचिवालयले गरेको पछिल्लो निर्णय नमान्ने चेतावनी दिए ।

पार्टी अध्यक्ष ओली अमेरिका प्रस्तान गर्नुभन्दा अघि बसेको पार्टी सचिवालय बैठकले प्रदेशको इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिवको जिम्मेवारी बाँडफाड गर्ने निर्णय गरेको थियो । आफुसंग भएको सहमति विपरीत प्रदेश कमिटी विस्तार भएको भन्दै वरिष्ठ नेता नेतृत्वसंग असन्तुष्ट रहेका छन । हुनत मातहतका कमिटी एकताका लागि बनाइएका कार्यदलले प्रतिवेदन बुझाएपछि नेकपा भित्र असन्तुष्टिका बढेको थियो । कार्यदलले आफ्नो प्रतिवेदन बुझाउने क्रममा पार्टीका योग्य र इमान्दार कार्यकर्तालाई पाखालगाएर मापदण्ड र मर्यादा मिचेको आरोपलागेपछि नेकपा भित्र भुसको आगो सल्किएको हो ।

Comments