सार्वजनिक यातायातमा भएको भाडा वृद्धि पुर्नविचार हुन्छः मन्त्री महासेठ

काठमाण्डौ । भौतिक पुर्बाधार तथा यातायात मन्त्री रघुवीर महासेठले १० प्रतिशत भएको भाडा वृद्धिमा पुनर्विचार हुने बताएका छन । शनिबार बिहान अनेरास्ववियु पशुपति क्याम्पस कमिटीको ज्ञापनपत्र बुझ्नदै मन्त्री महासेठले यातायातमा भएको१० प्रतिशत भाडा वृद्धिमा पुर्न्विचार हुने बताएका हुन ।

मन्त्री महासेठले ४५ प्रतिशत विद्यार्थी सहुलियत पूर्ण कार्यान्वयन गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन । उनले त्यसका लागि केहीदिनमा परिपत्र गराएर सम्पूर्ण रूटमा कडाईका साथ विद्यार्थी सहुलियत उपलब्ध गराउने बताएका थिए । ज्ञापनपत्र बुझाउने क्रममा अनेरास्ववियुका सचिव सुदेश पराजुलीले मन्त्रीले प्रतिवद्धा जनाए अनुसार काम हुने आशा र विश्वास रहेको बताएका छन ।

Comments