पोखरा प्रिमियर लिगको अक्सन आज हुँदै

काठमाडौ। पोखरा प्रिमियर लिग क्रिकेट पीपीएलको अक्सन आज हुँदै छ । दर्ता भएका १ सय ७९ खेलाडीलाई सहभागि टिमले अक्सनका आधारमा छनोट गर्नेछन् । खेलाडी लिलामीको प्रक्रिया बिहान साढे ९ बजे सुरु हुनेछ ।

आयोजकले बताए अनुसार क्याप्ड सिनियर ३० जना, एज क्याप्ड खेलाडी ५७ र अनक्याप्ड खेलाडी ९२ जना खेलाडी अक्सनकालागि दर्ता भएका छन् ।  क्याप्ड सिनियरमा नेपाली सिनियर राष्ट्रिय टोलीबाट खेलिसकेका खेलाडी रहेका छन् । यस श्रेणीका खेलाडीको न्युनतम मुल्य ५० हजार देखि २ लाख ५० हजारसम्म रहनेछ ।

यस्तै, क्याप्ड एज लेभेलमा नेपाली टोलीबाट उमेर समूहका प्रतियोगिता खेलिसकेका खेलाडी रहनेछन् । यस श्रेणीका खेलाडीको न्युनतम मूल्य ५० हजार देखि १ लाख ५० हजारसम्म रहनेछ । त्यस्तै अनक्याप्ड खेलाडी न्युनतम मूल्य ३० हजार देखि १ लाख सम्म रहेको छ ।

प्रत्येक टिममा अक्सनमा १० खेलाडी अनिवार्य रुपमा किन्न पर्नेछ । ६ टोली सहभागि प्रतियोगितामा प्रत्येक टोलीमा १५ देखि १८ खेलाडी रहनेछन् । सर्वाधिक पुरस्कार राशीको हुने लिग कार्तिक ९ देखि २० सम्म पोखरा रंगशालामा संचालन हुदैछ ।

 

Comments