आफु विदेशमा हुँदा माधव नेपालका कुण्ठा र छटपटी पोखिएको प्रधानमन्त्री ओलीको आक्रोश

काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेतामाधवकुमार नेपालले संसदमा बोलेको अभिव्यक्तिको अमेरिकाबाटै प्रतिकार गरेका छन ।
प्रधानमन्त्री ओलीले आफू नहुँदा पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालमा कुण्ठा र छटपटी देखिएको बताएका हुन । ओलीले भनेका छन ‘केही मान्छेहरुमा अलिकति कुण्ठा देखिन्छ, त्यो कुण्ठा पोख्नका लागि विभिन्न प्रकारका कुराहरु गरेका छन् ।’ अमेरिकामा रहेर पत्रकारिता गर्दै आएका सूर्य थापासँग अन्तरवार्ता दिँदै ओलीले भनेका छन ‘म दुईचार दिन संयुक्त राष्ट्र संघतिर आएँ । कतिपय नेताहरुले बोलेको सुनियो, लौन देश डुब्न लाग्यो, कोही त आऊ बचाऊ । म फर्केर गइहाल्छु, त्यसकारण यो ठूलो समस्याको कुरो होइन ।’

ओलीले माधव नेपालले संसदमा बढ्दो हत्या हिंसाले जनता सरकार प्रति नकारात्कम भए गृहमन्त्री कहाँ छन भनेर गरेको भाषणप्रति लक्षित गर्दै प्रधानमन्त्री ओलीले भने( ‘म नहुनेवित्तिकै अब कसैलाई अलिकति शुन्यता भो, छटपटी भो ।’ भनि कटाक्ष गरेका छन । उनले प्रदेश कमिटी गठनमा नेता नेपालले राखेका असन्तुष्टि राख्नाका लागि गरिएको असन्तुष्टि भएको बताएका छन । सचिवालयको निर्णय विल्कुल ठीक छ ।

Comments