अमेरिका पुगेका प्रधानमन्त्री भेटघाटमा व्यस्त

काठमाडौं : संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्न अमेरिका पुगेका प्रधानमन्त्री केपी शर्मा ओली भेटघाटमा व्यस्त छन्। प्रधानमन्त्री ओलीले अमेरिकामा विश्वका शक्तिशाली नेताहरूसँग भेटवार्ता गरिरहका छन्। उनी मंगलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको रात्रिभोजमा सहभागी भए भने बुधबार स्वीट्जरल्याण्डका राष्ट्रपति एलेन बेरसेटसँग भेट गरे।

त्यस्तै प्रधानमन्त्री ओलीले कोलम्बियाका राष्ट्रपति इभान डुक मार्रकेजसँग पनि भेटवार्ता गरे। त्यस्तै प्रधानमन्त्री ओलीले बेलायतकी प्रधानमन्त्री थेरेसा मेसँग पनि भेटवार्ता गरे। प्रधानमन्त्री ओलीले भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग पनि भेट गरे।

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहिबार संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ। त्यसपछि प्रधानमन्त्री ओलीले कोस्टारिकाको पनि भ्रमण गर्नेछन्। २० सदस्यीय प्रतिनिधिमण्डसहित असाेज ६ गते अमेरिका गएका अोली असोज १७ गते स्वदेश फर्किने कार्यक्रम छ।

Comments