काठमाडौं- अमेरिकन डाइभर्सिटी भिसा (डिभी) असोज १७ देखि खुल्ने भएको छ। डिभी भर्ने अवधि कात्तिक २० सम्मको हुनेछ।
डिभी भर्नका लागि अन्तिम समयसम्म नकुर्न अमेरिकी सरकारको विदेश मन्त्रालयले सूचित गरेको छ। कम्प्युटर ओभरलोड भई ढिलाइ हुने र आवेदन दर्ता नहुने सम्भावनासमेत रहेकाले चाँडो आवेदन दिन पनि मन्त्रालयले सूचना गरेको हो।
डिभीको नतिजा ७ मे २०१९ बाट आउन सुरु हुनेछ। अमेरिकी सरकारको आधिकारिक वेबसाइटमा गई रिजल्ट हेर्न सकिनेछ। अनलाइनमार्फत भरिने डिभीको लागि पारिवारिक विवरण सबै खुलाउन भनिएको छ।
Comments
Post a Comment