निर्मला हत्या प्रकरणः एसपी डिल्लीराज विष्ट सहित तीनै जनाको डिएन मेल खाएन ! घटना नयाँ मोडमा

काठमाण्डौ । गत साउन १० गते बलत्कार पछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यामा संलग्न रहेको आशंका गरिएका तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख डिल्लीराज विष्टसहित ३ जनाको डिएनए परीक्षण मेल नखाएको खुलासा भएको छ।विशेष प्रहरी स्रोतका अनुसार निर्मलाको ‘भेजाइनल स्वाब’मा भेटिएको बलत्कारीको शुक्रकिटसँग परीक्षण गरिएका ३ जनाको शुक्रकिट मेल नखाएको हो।

कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्ट, उनका छोरा किरण विष्ट र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिजा आयुष विष्टको डिएनए परीक्षणको नमुना संकलन गरी परीक्षण गरिएको थियो।

सोसम्बबन्धी रिपोर्ट आज (आइतबार) सरकारी वकिलको कार्यालय कञ्चनपुरमार्फत सार्वजनिक हुँदैछ। यसअघि प्रहरीले मानसिक सन्तुलन गुमाएका दीलिपसिंह विष्टलाइ पक्राउ गरी डिएनए परीक्षण गरेको थियो। डिएनए परीक्षणमा उनको स‌ंलग्नता नदेखिएपछि उनलाई रिहा गरिसकिएको छ। दुई महिना बितिसक्दा पनि प्रहरीले निर्मलाका हत्यारा पत्ता लगाउन सकेको छैन। पछिल्लो पटक नमुना संकलन गरिएका तिनै जनाको डिएनए ‘म्याच’ नखाएपछि निर्मला हत्या प्रकरण नयाँ मोडमा पुगेको छ । निर्मलाको हत्यारासम्म पुग्न अब डिएनए परीक्षण गर्ने मात्र अन्तिम विकल्प रहेको बताइँदै आएको छ।

Comments