विश्व बैंकले पुल बनाउन तेह्र अर्ब ३० करोड ऋण दिने

काठमाडौं ।  विश्व बैंकले कम खर्चमा निर्माण हुने पुलको लागि ऋण उपलब्ध गराउने भएकोछ। कम खर्चमा निर्माण हुने  ४७७ पुल निर्माणको लागि १३ अर्ब ३० रुपैयाँ ऋण सहयोग उपलब्ध गराउने भएको छ।

विश्व बैंकको प्रधान कार्यालय वासिङटन डिसीमा बिहीबार  भएको बोर्ड बैठकमा नेपाललाई दोस्रो पुल सुधार तथा मर्मतसम्भार परियोजना कार्यान्वयन गर्न उक्त रकम ऋणस्वरुप प्रधान गर्ने निर्णय भएको बैंकले जनाएको छ ।  ऋणस्वरुप प्राप्त हुने उक्त रकमबाट ८० वटा दुई लेनका नयाँ पुल र ३५ वटा चार लेनका पुलको मर्मत सम्भारमा खर्च गरिनेछ । उक्त परियोजना सडक विभागले सञ्चालन गर्नेछ ।

Comments