ला लीगाः बार्सिलोना एथ्लेटिको बिल्वाओसंग बराबरीमा रोकियो

काठमाण्डौ । साविकको लिग विजेता बार्सिलोनाले आजको खेलमा बराबरी खेल्दै अंक बाडेको छ ।
आज भएको खेलमा एथ्लेटिको बिल्वाओसंग १–१ गोलको बराबरी खेलेर अंक बाढ्न बाध्य भएको हो । पहिलो हाफको ४१ औ मिनेटमा बिल्वाओका ओस्कार डि मार्कोसले गोल गरि बार्सालाई दवावमा राखेको थियो ।

दोस्रो हाफको ८४ औं मिनेटमा बार्साका लागि मुनिरले गोल गरेर हारबाट बराबरीको अवस्थामा ल्याएका थिए । खेल अवधिभर ७१ प्रतिशत बल आफ्नो कब्जामा राखे पनि बार्सिलोनाले जीत भने निकाल्न सकेन । सात खेलबाट १४ अंक जोडेको बार्सिलोना एक खेल कम खेलेको रिएल भन्दा १ अंक मात्र अगाडी रहेर पहिलो स्थानमा छ ।

Comments