विधि र प्रकृया मिचेर प्रदेश कमिटी गठन भएको छ,सहजै स्वीकार्न सकिन्न! स्थायी समितिमा कुरा हुन्छ : वरिष्ठ नेता नेपाल

काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रदेश कमिटीको नेतृत्व चयन पछि असन्तुष्टि चुलीएको छ । वरिष्ठ नेता माधवकुमार नेपालले पूर्वसमझदारी विपरीत स्थायी समितिलाई बाइपास गरेर प्रदेश कमिटीको नेतृत्व चयन गरिएको भन्दै केन्द्रीय सचिवालयको पछिल्लो निर्णय स्वीकार गर्न नसकिने चेतावनी दिएका हुन । ‘विधि–प्रक्रियालाई मिचेर पार्टी निर्णय र समझदारी उल्लंघनको क्रम सुरु भएको छ, त्यसैले त्यो निर्णय मान्न सकिन्न प्रधानमन्त्री फर्किए पछि स्थायी समितीमा कुरा हुन्छ ।’
आफुसंग प्रधानमन्त्री ओलीले राष्ट्रसंघीय महासभामा भाग लिएर अमेरिकाबाट फर्केपछि थप मापदण्ड टुंग्याएर मात्र स्थायी समितिबाट प्रदेश नेतृत्व टुंग्याउने समझदारी गरेको नेता नेपालले प्रष्ट्याएका छन । त्यो समझदारीपछि म अफ्रिका सम्मेलनमा पुगेर फर्किएँ, तर उहाँले त त्यस्तो समझदारी र सचिवालय बैठकको निर्णयविपरीत फटाफट निर्णय गराउनुभएछ,’ नेपालको असन्तुष्टि नै विधि प्रकृया मिचियो भन्ने विषय नै हो स्वकिय सचिव मोहन गौतम । ओलीले नै संस्थागत विधि र प्रक्रिया तथा समझदारी उल्लंघन गरेर नेतृत्व घोषणा गरेको नेपाल पक्षको आरोप छ । ६ असोजमा अमेरिका प्रस्थान गरेका प्रधानमन्त्री चार दिने कोष्टारिकाको भ्रमण समेत सकेर असोज १८ मा स्वदेश फर्किंदैै छन् ।

नेता नेपाल विदेश भ्रमणमा रहेका वेला ५ असोजमा बसेको सचिवालय बैठकले प्रदेश संगठनको इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव टुंगो लगाएको थियो । दक्षिण अफ्रिकामा आयोजित साम्राज्यवाद र पुँजीवादले पारेको नकारात्मक प्रभावसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन गत ३ असोजमा त्यसतर्फ प्रस्थान गरेका नेपाल ९ असोजमा स्वदेश फर्किएका थिए । स्वदेश फर्किएपछि नेता नेपालले भावी रणनीति तय गर्न निकटस्थ नेताहरूसँग परामर्श गरिरहेका छन् ।

नेता नेपालले स्थायी समितिले थप मापदण्ड बनाएपछि दसैँअघि नै जिल्ला र जनसंगठनहरूको एकता हुने जानकारी दिँदै अहिले तोकिएको प्रदेश कमिटीको नेतृत्वले सचिवालयले पठाएको पछिल्लो सर्कुलरअनुसार तल्ला कमिटीको नेतृत्व चयन गर्न नसक्ने पनि बताए । ‘माथिबाट थप मापदण्ड बनाएपछि मात्र त्यस आधारमा तल्ला कमिटी र जनसंगठनको एकीकरण हुन्छ, यसमा पनि छलफल हुन बाँकी छ,’ नेपालको धारणा थियो ।

Comments