लिभरपुलको घरेलु मैदानमै चेल्सीले जीत निकाल्यो

काठमाण्डौ । चिरपरिचित प्रतिद्वन्द्वी चेल्सीसंग पराजित हुँदै लिभरपुल काराबाओ (इएफएल) कप फुटबलको तेस्रो चरणबाटै बाहिरिएको छ ।

बुधबार राति लिभरपुलको घरेलु मैदानमा चेल्सीसंग २ – १ ले पराजित भएको हो ।  चेल्सीले एक गोलको अग्रता उल्टाएर लिभरपुललाई हराएको हो । एनफिल्डमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा लिभरपुलले सुरुवाती अग्रता बनायो ।

खेलको ५९ औं मिनेटमा ड्यानियल स्टुरेजले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए । तर, ७९ औं मिनेटमा एमर्सनले गोल गर्दै चेल्सीलाई खेलमा फर्काए । त्यसपछि नायक बने इडेन हाजार्ड । खेलको ८६ औं मिनेटमा हाजार्डले गोल गर्दै चेल्सीलाई २ – १ को महत्वपूर्ण जित दिलाए । यो हारसंगै यस सिजन लिभरपुलको अपराजित यात्रामा समेत पूर्णविराम लागेको छ । लिभरपुल सबैखाले प्रतियोगितामा पछिल्लो ७ खेलमा अपराजित रहेको थियो ।

Comments