बुहुपक्षीय सद्भाब विश्वको आवश्यक्ता हो,अमेरिकाको एक पक्षीय नीति प्रति हाम्रो असहमति छ : प्रधानमन्त्री ओली

काठमाण्डौ ।  अमेरिकाको एक पक्षीय नीतिप्रति नेपालले असहमति जनाएको छ । संयुक्त राष्ट्रसंघको ७३ औं महासभालाई गएराती सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले बहुपक्षीय सद्भाव हाल विश्वको आवश्यकता रहेको बताएका छन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एकपक्षीय नीतिको विपक्षमा नेपाल उभिएको हो । अमेरिकाको न्युर्योकमा जारी महासभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अन्तराष्ट्रिय कानुन प्रतिको पवित्रता कायम गर्नु पर्नेमा जोड दिएका थिए । विश्वस्तरका समस्या समाधानका लागी साझेदारी र सहयोगको नीति अपनाउनुपर्नेमा जोड दिदै प्रधानमन्त्री ओलीले नेपाल मानवअधिकारको संरक्षण, सुरक्षा र समानताको पक्षमा रहेको स्पष्ट पारे । तिनै तहको निर्वाचन पछि नेपालले प्राप्त गरेका राजनीतिक उपलब्धीबारे पहिलो पटक विश्व फोरममा जानकारी गराउँदै प्रधानमन्त्री ओलीले वार्ता, आपसी सदभावका कारण शान्तिप्रक्रिया सफल भएको बताए ।

नेपालको संविधान लोकतन्त्र, स्वतन्त्रता, शक्तिको वाँडफाँड, स्वतन्त्र न्यायलय, आवधिक चुनाव लगायतका विषयमा स्पष्ट रहेको प्रधानमन्त्रीले बताए । ४१ प्रतिशत महिला निर्वाचित जनप्रतिनिधि हुनु उपलब्धि भएपनि अझै ९ प्रतिशतले सहभागीता बढाउन सरकार प्रतिवद्ध रहेको प्रधानमन्त्रीको भनाईछ । विना कुनै शत्रुता, सबैसँग मित्रताको पक्षमा नेपाली परराष्ट्र नीति रहेको प्रधानमन्त्रीको भनाईछ । स्वतन्त्रताको लडाईमा रहेका यमन, सिरिया, प्यालेष्टाइनका जनताको मागको सुनुवाइ हुनुपर्नेमा समेत प्रधानमन्त्रीको जोड थियो । प्रवासी श्रमिकहरुको मानवअधिकारको सुरक्षा सरकारको प्राथमिकता रहेको बताएका छन ।

Comments