आर्थिक वर्ष सुरुवातको महिनामै मुल्यबृद्धि ४.२ प्रतिशतः राष्ट्र बैंक

काठमाण्डौ । साउनमा ४.२ प्रतिशत मूल्यवृद्धि भएको छ । अघिल्लो वर्षको साउनमा यस्तो मूल्यवृद्धि दुई दशमलव तीन प्रतिशत थियो । यस अवाधिमा खाद्य पेय पदार्थको मूल्य बढेका कारण समग्रमा मूल्यवृद्धि बढ्न गएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले निकालेको तथ्याँकअनुसार यस आर्थिक वर्षको पहिलो महिना साउनमा गैर खाद्य वस्तु तथा सेवा समूहको मूल्यवृद्धि पाँच दशमलव दुई प्रतिशत रहेको छ । गएको आर्थिक वर्षमा यो वृद्धिदर चार दशमलव नौ प्रतिशत रहेको थियो ।

मूल्यवृद्धिको अवस्थालाई क्षेत्रगत रुपमा हेर्दा पहाडमा सबैभन्दा बढी र हिमालमा सबैभन्दा कम मूल्यवृद्धि देखिएको छ । साउनमा पहाडमा ५.३, तराईमा ४.१, काठमाडौंमा उपत्यकामा ३.५ र हिमालमा २.७ प्रतिशतले मूल्यबृद्धि भएको राष्ट्र बैंकले जनाएको छ ।

Comments