आर्सनलद्वारा वाट्फोर्ड २ – ० गोल अन्तरले पराजित

काठमाण्डौ । इन्ग्लिश प्रिमियर लिग फुटबलमा आर्सनलले जित निकालेको छ । शनिबार भएको खेलमा आर्सनलले वाट्फोर्डलाई २ – ० गोल अन्तरले हराएको हो ।

घरेलु मैदानमा आर्सनलको जितमा मोसिट ओजिलले एक गोल गरे । आर्सनलले एक गोल आत्मघाती उपहार पाएको थियो । आर्सनलले दुवै गोल दोस्रो हाफमा निकालेको थियो ।

इमिरेट्स स्टेडियममा आर्सनलले क्यारिग क्याथकार्टको आत्मघाती गोलबाट ८१ औं मिनेटमा सुरुवाती अग्रता बनाएको थियो । त्यसको दुई मिनेट नबित्दै ८३ औं मिनेटमा ओजिलले गोल गर्दै आर्सनललाई २ – ० को जित दिलाए ।

जितसंगै पाँचौ स्थानमा उक्लिएको आर्सनलले ७ खेलबाट १५ अंक जोडेको छ । पराजित वाट्फोर्ड ७ खेलबाट १३ अंक जोडेर छैटौं स्थानमा छ ।

Comments