चेल्सी र लिभरपुलले बराबरी खेल्दै अंक बाँडे

काठमाण्डौ । प्रिमियर लिग फुटबलमा चेल्सी र लिभरपुलले बराबरी खेल्दै अंक बाँडेका छन् । शनिबार राति भएको खेलमा दुवै टोलीले १–१ गोलको बराबरी खेलेका हुन् ।

खेलको २५ औ मिनेटमा इडेन हजार्डले गोल गर्दै घरेलु टोली चेल्सीलाई अग्रता दिलाएका थिए । एलिसनको पासलाई सदुपयोग गर्दै उनले सो गोल गरेका थिए । तर खेल सकिन एक मिनेट बाँकी छदाँ ड्यानियल स्टुरेजले गोल गर्दै लिभरपुललाई एक अंक दिलाए ।

७ खेलको समाप्तिमा लिभरपुलले शीर्ष स्थानको म्यान्चेष्टर सिटीसंग अंक बराबरी गरेको छ । दुवै टोलीको १९ अंक छ । गोल अन्तरका आधारमा सिटी पहिलो र लिभरपुल दोस्रो स्थानमा छ । तेस्रो स्थानको चेल्सीको १७ अंक छ ।

Comments